Wednesday 7 January 2009

गजल

त्यस पछी कहाँ कसैलाई किन गन्छन मान्छेहरु ।
हात जोड्ने भेटेपछी देउता बन्छन मान्छेहरु ।

उकालो लागें शत्रु बढे ओरालो लागें आफ्ना घटे ।
हर साँझ आफ्नाकै नाममा दोबाटो मन्छन्छन मान्छेहरु ।

के थाहा भोली समयले कुनकुन रुप देखाउने हो ।
आँसु र रगत मा अब कहाँ तर्सन्छन मान्छेहरु ।

सृष्टी पछी ब्रम्हा खोज्दै भौतारिदै छन यता उता ।
हर एक पत्थर देखाउदै मान्छे भन्छन मान्छेहरु ।

यता हेर्यो आफ्नै उता हेर्यो आफ्नै छन दिनेश ।
सबै तिर तगारा अब कसरी फुत्कन्छन मान्छेहरु ।

3 comments:

  1. Dineshjee, Welcome to the blogging world!

    I will be folowing your blog.

    ReplyDelete
  2. thank you basanta jee . please suggest me i m really new for this world

    ReplyDelete
  3. दिनेशजी, बिस्तारै सबै सिकिईँदै जान्छ; एउटै आवश्यकता भनेको ब्लग-लेखनको निरन्तरता हो। बाँकी ब्लगको बारेमा आफ्ना चिनजानकालाई मुख या मेलका माध्यमबाट, अरुलाई अरु बिभिन्न तरिकाबाट जानकारी दिने काम पनि छँदैछ। अरु ब्लग र साइटमा कमेण्ट गर्ने कामले पनि पाठक बढाउँछ।

    ReplyDelete