Saturday 11 April 2009

गजल

बिदाइ को घडा राखेको प्रहर याद आयो ।
दुनियाँ देखेपछी बल्ल घर याद आयो ।

जहाँ पनि देखियो बल्दै आगो हुरहुरी ।
घरको मक्किएको काठ ,खर याद आयो ।

उपचार छन नि गर्ने हिम्मत पो छैन ।
ज्युदै मर्ने देखेर जहर याद आयो ।

टुटेपछी हत्केला हात मिलायो कस्ले ?
दुनियाको दुख उठाउने रहर याद आयो ।

एक गाँसको लागी शिर झुकेपछी ।
आमाले खुवाउन गरेको कर याद आयो ।

3 comments:

  1. वाह! वाह!! दिनेशजीले साह्रै मिठो गजल चखाउनुभयो!

    एक गाँसको लागी शिर झुकेपछी ।
    आमाले खुवाउन गरेको कर याद आयो ।

    ReplyDelete
  2. धन्यबाद बसन्त जी , मिलन जी तपाईंलाई यस ब्लग मा स्वागत छ ।

    ReplyDelete