Saturday 25 April 2009

गजल

अरुको पानी आफ्नोलाई खुन भन्नु भो ।
निर्धा पिसिए बिस्कुन को घुन भन्नु भो ।

आँगन चेपिएर पिंढी मात्र बाँकी रहदा ।
अँगालो हाल्नु भो आफ्नै हुन भन्नु भो ।

हिड्ने पाइलालाई आकाशे सपना बाँडी ।
सलाई कोर्नु भो यही हो जून भन्नु भो ।

निती नियम जलाएर आगोमा सक्नुभो ।
मैले जे बोलें अब त्यही कानुन भन्नु भो ।

बिचार नमिले सत्तोसराप हजार घुर्की
आफ्नैले भए जे सुकै गरुन भन्नु भो ।

3 comments:

  1. आशा गरौ प्रचन्ड मार्का ले तपाईं को गजल मनन गर्ने छन ।

    ReplyDelete
  2. तपाईलाई स्वागत छ यस ब्लगमा ।

    ReplyDelete