Monday 18 May 2009

गजल


घर छोडी ,कम्ता हण्डर खाइएन आमा ।

छैन काम ,खाने सामल पाइएन आमा।


साहुहरु घरमा ,ताकेता गर्दा हुन् ।

कसरी तिर्नु ,थोरै ऋण लाइएन आमा ।


चुहियो खरको छानो, बुईगल भरी पानी ।

बर्षा लाग्यो, छानो यो साल छाइएन आमा ।


मादलुको ताल सँगै, कम्मर मर्काउँदै।

रोधि प्यारो ,अरु गीत गाइएन आमा ।


फर्कन्छु भोलिनै, झिटिझ्याम्टा कसी।

मर्छु काखमा,अरु धन चाहिएन आमा ।

7 comments:

  1. a awesome creation...

    I wish to see more gazals from you.

    ReplyDelete
  2. गजल होस् त यस्तो
    I like it.
    keep it up

    ReplyDelete
  3. धन्यबाद ,यहाँहरुको हौशला र सुझावको सधैं पर्खाईमा छु ।

    ReplyDelete
  4. धेरै दिन पछी गजल पढेर मज्जा आयो ।।।।wow ..........................

    ReplyDelete
  5. दिनेश जि गजल बिजोडको छ । दुर्जेय जि ले भने जस्तै धेरै पछि मिठो गजल पढ्न पाइयो ।

    ReplyDelete
  6. kasto ramro lagyo, bidesh ko bhogai sanga mel khancha jasto lagyo tara yo blog ko language hindi ma kina. Sorry malai pani nepali unicode ma lekhne technology ajhai aundaina

    ReplyDelete
  7. धन्यबाद , दुर्जेय जी ,प्रबिण जी,तथा नीती जीलाई ,यो गजल मन पराईदिनु भएकोमा । नीती जी ,तपाईले भने जस्तै मैले भाषालाई परिबर्तन गरेको छु ।

    ReplyDelete