के विचार यो ,राम राम लाग्यो मलाई!
नर्क कसरी ,परम् धाम लाग्यो मलाई !
छानो जोड्ने धुनमा समुद्र कटेपछि ।
आफ्ना चाहिन्न ,अरु काम लाग्यो मलाई !
घरको चर्चा दुश्मनको हाँसो हुँदाखेरि ।
आफ्नै नाम यो ,बदनाम लाग्यो मलाई !
आफैं बिकेछु सस्तो चामल खोज्दाखोज्दै ।
आफूभन्दा नि ,प्यारो दाम लाग्यो मलाई !
घर शुन्य भएपछि ,छिमेकिको राम राज्य ।
के मा अंकुश,के मा लगाम लाग्यो मलाई !
धन्य प्रभु आयो चेत अब त सुध्रन्छु ।
समय लागेर ,घैंटामा घाम लाग्यो मलाई !
पिंडाका शब्दहरुको संयोजनले सिर्जना हुने साहित्य भित्र सत्यता हुने भएर होला मलाई किन किन यस्तै सिर्जनाहरु मन पर्छ।
ReplyDeleteदिनेश जि का अरु सबै गजल जस्तै यो गजल पनि सुन्दर छ।
अघिल्लो जति तिक्खर नभए पनि तैबिसेक लाग्यो । वेदनाको पोयो बाटिएको सिर्जना पाठकीय हृदयमा ज्यादा असर देखाउँछन्, त्यही प्रकृतिको छ यो गजल ।
ReplyDeleteप्रविण जी ,धाइबा जी धन्यबाद । शाश्वत सत्य भनेको दु:ख हो , सुख त केहि समयको लागि हो भन्ने कुरा मेरो मनमा नराम्रोसँग गढेको जस्तो लाग्छ त्यसैले जुनसुकै रचना रच्दा पनि दुख मिसिएर आइहाल्छ तर म यस्ता रचना बाट ब्यक्तिगत रुपमा सन्तुष्ट हुन्छु त्यहि कारण पनि होला ।
ReplyDeletenice gagal dineshraj jee . keep it up
ReplyDeleteएकदमै राम्रो गजल दिनेश राज जी !! अन्तिमका दुई आत्मआलोचनात्मक लाईन साह्रै मनपर्यो । म आज पहिलोपटक आएजस्तो लाग्यो तपाईँको ब्लगमा । राम्रो लाग्यो तपाईँको लेखाइ ! फेरि फेरि चियाउँदै गर्छु ल ।
ReplyDeleteतपाईं गजलको भेलमा राम्रो सँगनै बग्नु हुदो रहेछ। खाली प्रसँग फरक हुनु पर्यो बस।। यस पटकको गजलले पनि धक्का हानेको छ। यथार्थता त्यहीहो हामी बाहिर आउनु, अरुको देशमा रमाउनु रहर पनि त हैन नि है, तपाईंको गजलले केही हद सम्म मेरो जिबनलाई पनि छोएको छ, धेरै धेरै धन्यवाद है तपाईंलाई दिनेशजी
ReplyDeleteanother masterpeice! loved it
ReplyDeleteघर शुन्य भएपछि ,छिमेकिको राम राज्य ।
के मा अंकुश,के मा लगाम लाग्यो मलाई !
well said
साह्रै सटीक र सुन्दर गजल! समयको रापले दिएको पिडालाई शब्दमा उतार्नुभएको छ गज्जबसंग!
ReplyDelete---आफैं बिकेछु सस्तो चामल खोज्दाखोज्दै ।
आफूभन्दा नि ,प्यारो दाम लाग्यो मलाई ! -----
यहाँभन्दा पिडाबोध के हुनसक्छ?
a awesome creation... i don't know why you never give me chance to criticize your gazals...
ReplyDeleteit makes me become a fan ever...