बीच बाटो पुगी थाक्नेहरु धेरै ।
किन होला दैब भाक्नेहरु धेरै ।
छाक टार्न हात पसारेको देखी ।
बाघ मुखे थैली ढाक्नेहरु धेरै ।
माथि खोजी हेरेँ तै तै छकि कोहि ।
काम न काज फलाक्नेहरु धेरै ।
वरिपरि हेर्यो ,गर्यो सोधपुछ ।
बञ्चरोले घुँडा ताक्नेहरु धेरै ।
“दिनेश” पाकेन भात यहाँ अझै ?
बहानामा माड चाख्नेहरु धेरै ।
तपाईँको गजलमा तागत छ, काफीया सहज रूपले स्थापित छन् सेरहरूमा । वैचारिक रूपमा त अब्बल छँदैछ, बान्की परेका छन् जम्मै सेर । तर मक्ता भने माथिल्ला सेर जस्तो उति नजमे जस्तो लाग्यो मिठासको हिसाबमा । तर झटारो चाहिँ यही सेरमा बढ्ता छ ।
ReplyDeleteमिठो गजल दिनेशजी!
ReplyDeleteराम्रो छ गजल
ReplyDeleteवाह दिनेशजी, सधै जस्तै यो पटक पनि शानदार गयो गज़ल ,.... वजनदार छन् प्रत्येक सेरहरु । व्यंग्य खुब जमेको छ, शानदारमा टिक लगाइयो । :D
ReplyDeleteमिठो गजल!!!
ReplyDeletenice gajal
ReplyDeletea very nice gazal...
ReplyDelete