Thursday 23 July 2009

गजल

बुझेर चोट पारियो ।
अनि हाँसेर टारियो ।

दुईबित्ते साँधेढुङ्गो ।
यता र उति सारियो ।

सक्नेसँग तैं चुप मैं ।
जित्ने लडाइँ हारियो ।

के को फुर्ति बाँकि अब ।
शिखर फेद खारियो ।

अगुवाले क्या बोले नि ।
हुन्देऊ माया मारियो ।

13 comments:

  1. छोटो सेरको गजल लेख्‍दा सधैँ डर हुन्छ, रसको मिठास र गेयता नआउला कि ? तर तपाईँको यस गजलले त्यो डरको सीमा नाघेको अनुभव गरेँ मैले । मात्राको डोरी टेकेर बाटो फुकीफुकी हिँड्नुपर्ने गजलको यात्रा उपयुक्त सीमित घेरामा शब्दछनोटले सलल गेयात्मक झङ्कार नआए गजल गजल नभई अरूथोकै हुन्छ । यति छोटो लम्बाईमा तपाईँले नै गजल नै पढ्ने अवसर दिनुभो ।

    साह्रै प्रभावकारी र मानवीय चरित्रका ढोका भित्रैसम्म उघार्ने सेर छन् मतलादेखि नै । चौथो सेर बने अलि सम्प्रेषणीय लागेन । सङ्क्षिप्‍त सेरको वन्धनमा मात्रा मिलाउने सावधानीमा रहँदा छाया परेको हुनुपर्छ त्यहाँ ।

    ReplyDelete
  2. साह्रै सटीक र मिठासपूर्ण!
    माथि धाईबाजीले पनि भनीसक्नुभयो, उसै त लेख्न गाह्रो गजल, छोटो लेख्न झन गाह्रो। तपाईँले यो चुनौतीलाई सफलतापूर्वक पार गर्नुभएको छ यो गजलमा।

    ReplyDelete
  3. वाह !दिनेश जी,साहैं मिठो गजल सुनाउनु भयो।

    ReplyDelete
  4. छोटो गजल पनि मिठो हुदो रहेछ। जे होस गजलमा जता ततै बाट मन बुझाउनु भएको रहेछ वा घटनाक्रमलाई आत्मसाथ गर्नु भएको छ, तपाईलाई पीडा नहोस त्यही हो, मेरो शुभकामना। र राम्रो गजलको लागि धन्याबाद

    ReplyDelete
  5. छोटो र मिठो गजल राख्नुभयो।

    ReplyDelete
  6. वाह! क्या बांकी परेका सुन्दर!
    विविध अर्थ बोकेको छोटो मिठो चुटुक्क,

    ReplyDelete
  7. वाह! दिनेश जि छोटो र सार्है सुन्दर गजल, निरन्तरताको शुभकामना!

    ReplyDelete
  8. धन्यबाद धाइबा जी , तपाईंले भन्नु भएझैं मलाई चौंथो सेर मा केहि कमि महशुस भएको हो र परिबर्तित रुपका केहि सेर पनि तयार गरें तर त्यसमा झन सन्तुष्टि भएन र तद्बिसेक भनेर यहि राखें ।बसन्त जी ,सुजन जी ,धेरै धेरै धन्यबाद मन पराइदिनु भएकोमा।दुर्जेय जी शुभकामना को लागि धन्यबाद तर पिडा महशुस नगरेको भए साहित्यमा रस कहाँ बाट बस्थ्यो र होइन र ? हाहाहा वर्डफ्लोज जी, कृष्ण जी, प्रबिण जी हार्दिक धन्यबाद अनि निरन्तर सल्लाह सुझाबको अपेक्षा ।

    ReplyDelete
  9. छोटो र मिठो गजल |

    दिनेश जी... राम्रो लेख्नु हुन्छ अनि मन नपराउने चान्स नै दिनु हुन्न... के गर्ने ?

    ReplyDelete
  10. sarai markmik bhannu bho, aguwale je gare pani hundeu maya mariyo. Samagrama sabai haraf ramoro lagyo.
    Aba arko chuttai kura. bholi sanibar bihana 11 to 1 ma dautari.org ma blogger bhela hudai chha. Dinesh ji tapai lai invitation chha.

    ReplyDelete
  11. हास्यव्यंग्यको चाड गाईजात्रामा
    हाँस्ने केही विषयहरुः
    १. महँगीले थिच्नु
    २. कार आएर पेटीमै किच्नु
    ३. चामल खाएर पखालाले मर्नु
    ४. सीमारेखा रातारात सर्नु
    ५. पहिरोले मान्छे पुरिनु
    ६. अपराधीहरु सुरिनु....
    ... ... ...
    ... ... ...
    आउनुहोस्, मरी मरी हाँसौँ ।

    ReplyDelete
  12. त्वरीत सेर, त्वरीत काफिया तर बिस्तृत अर्थ !

    अलिक ढीला आईपुगे छु, तर आनन्द लिईयो !!

    ReplyDelete
  13. म पनि पछि नै परे है दिनेश जी तर गजल अति नै राम्रो तथा मरमसला पुगेको लाग्यो ।

    ReplyDelete