Thursday, 20 August 2009

गजल

हातमा लेउ या कचौरामा भिख -भिखै हो ।
खडा छौ तर शिर निहुरिनु स्वभाविकै हो ।

उल्टो बाटो हिंडेर मुक्ति पाउनेहरु धेरै ।
धर्म ,दैब केहि होइन सब तरिकै हो ।

आउँदा जाँदा भेट हुन्छ नचाहदै पनि ।
मनपो टाढा पर्यो त घर नजिकै हो ।

समाउँदैमा कलम,सबैले कहाँ लेख्छन ।
निभबाट आगो झर्नु पर्छ,कुरा ठिकै हो ।

एउटाले हात कोर्छ एउटाले कोर्छ मुटु ।
दिनेश होईन काँढा भन्दा फूल तिखै हो ।

10 comments:

  1. This comment has been removed by the author.

    ReplyDelete
  2. वाह! दिनेशजी वाह!

    यी दुईटा शेरले त झन् भुतुक्कै पारे!

    समाउँदैमा कलम,सबैले कहाँ लेख्छन ।
    निभबाट आगो झर्नु पर्छ,कुरा ठिकै हो ।

    एउटाले हात कोर्छ एउटाले कोर्छ मुटु ।
    दिनेश होईन काँढा भन्दा फूल तिखै हो ।

    ReplyDelete
  3. अत्यन्त सुन्दर गजल !!

    ReplyDelete
  4. wow !!!!! wonderfull...

    what a words and presentation...!


    as always, it also impressed me...

    ReplyDelete
  5. वाह !!! गजल होस त यस्तो ।

    गजलमय टाँसोका लागि धन्यवाद है ।

    ReplyDelete
  6. फेरि अर्को सानदार प्रस्तुती गयो तपाईको !
    शब्दमा जटिलता त क्लिष्टता नल्याईकनै पनि गहन अर्थ दिनु तपाईको गजलको विशेषता हो जस्तो लाग्छ मलाई ।

    यसमा कुनै एउटा शेर छान्न सकिन, सबै बराबर स्तरीय छन (बरु मलाई समेत फेरि यो पनि चोरीने हो कि भन्ने डर लाग्न थाल्यो :)

    ReplyDelete
  7. wow! wonderful!
    nice gajal, each sher r more powerful than each n other.
    simple n sweet.

    ReplyDelete
  8. ओहो गजल होस त यस्तो। वाह!!!! दिनेश जी वाह।।। खुब सुन्दर लेख्नु भयो है यसपालि पनि।

    ReplyDelete
  9. धन्यबाद मेरो रचना मन पराइ दिनु भएकोमा । दिलिप जी खै त्यो चोर त कता हरायो हरायो नि । सम्पर्कमानै आएन ।

    ReplyDelete