Sunday 30 August 2009

गजल

कोरा आश्वासन्, छर्क -छर्क फेरि।
भनन अझै नि ,पर्ख -पर्ख फेरि ।

हिजोकाले जे गरे त्यहि गर ।
जिम्मेवारी त हो ,तर्क-तर्क फेरि


छोडेर सहर के जान्छ मेरो ।
गाई डुलाउँछु ,खर्क -खर्क फेरि।

खेतका आली खोज्दैछन टेका ।

ए हातहरु हो , फर्क -फर्क फेरि ।

खहरे सुक्यो, पसिना समुद्रमा ।

असार साउन ,दर्क-दर्क फेरि ।

7 comments:

  1. कति मिठो गजल!!!

    ReplyDelete
  2. रमाइलो गजल, दिनेशराजजी । परिवारका हरेक पाटालाई समेटिएका ।

    ReplyDelete
  3. dherau mitho!!!! pheri pheri padhna paaiyos!!!

    ReplyDelete
  4. kya dami gajal.Dinesh jee badhaichha hai....

    ReplyDelete
  5. as always your feeling composition is nice.. ! a nice gazal...

    ReplyDelete
  6. धन्यबाद सबै साथिहरुलाई मेरो गजल मन पराई दिनु भएको मा ।

    ReplyDelete