Thursday 25 June 2009

गजल

बीच बाटो पुगी थाक्नेहरु धेरै ।
किन होला दैब भाक्नेहरु धेरै ।

छाक टार्न हात पसारेको देखी ।
बाघ मुखे थैली ढाक्नेहरु धेरै ।

माथि खोजी हेरेँ तै तै छकि कोहि ।
काम न काज फलाक्नेहरु धेरै ।

वरिपरि हेर्यो ,गर्यो सोधपुछ ।
बञ्चरोले घुँडा ताक्नेहरु धेरै ।

“दिनेश” पाकेन भात यहाँ अझै ?
बहानामा माड चाख्नेहरु धेरै ।

7 comments:

  1. तपाईँको गजलमा तागत छ, काफीया सहज रूपले स्थापित छन् सेरहरूमा । वैचारिक रूपमा त अब्बल छँदैछ, बान्की परेका छन् जम्मै सेर । तर मक्ता भने माथिल्ला सेर जस्तो उति नजमे जस्तो लाग्यो मिठासको हिसाबमा । तर झटारो चाहिँ यही सेरमा बढ्ता छ ।

    ReplyDelete
  2. मिठो गजल दिनेशजी!

    ReplyDelete
  3. राम्रो छ गजल

    ReplyDelete
  4. वाह दिनेशजी, सधै जस्तै यो पटक पनि शानदार गयो गज़ल ,.... वजनदार छन् प्रत्येक सेरहरु । व्यंग्य खुब जमेको छ, शानदारमा टिक लगाइयो । :D

    ReplyDelete
  5. a very nice gazal...

    ReplyDelete