Tuesday, 29 September 2009

गजल

सुनसान रातभै चुपचाप टोल्हाउँछु हुन्न हजुर ?
जून भै आउनुहुँदा छातिमा लुकाउँछु हुन्न हजुर ?

कविका मनसँगै हजुर कवितामा आउनुहुँदा ।
भाव सँगै सँगै मनमनै मुस्काउँछु हुन्न हजुर ?

मायाको सागरमा दुखको थोपा पनि पर्नेछैन ।
यति माया दिन्छुकि खुशिले रुवाउँछु हुन्न हजुर ?

फूलझैं आउनु भए शिरमा राख्छु प्रसाद सम्झी।
पत्थर भए एउटा मन्दिर बनाउँछु हुन्न हजुर ?

दिनेशलाई थाहा छ कति बेइमान छ दुनिया ।
जानेका नढाँटी सबै रहस्य बताउँछु हुन्न हजुर?

2 comments:

  1. गज्जब छ दिनेशजी! सशक्त भाव बोकेको छ। संगीतको ज्ञान भएको मान्छे परिएन तर गेयात्मकता भने अलि कमै हो कि?

    ReplyDelete
  2. गेयात्मकता छैन बसन्त जी , त्यो कुरा म पनि मान्छु , मैले नागोया कार्यक्रममा बाचन गर्नको लागी अघिल्लो दिन लेखेको गजल (?) हो , आफैंलाई पनि कता कता अलि खल्लो हो कि जस्तो लागेर त्यतिकै राखिराखेको थिएँ तर केहि पनि नहुनु भन्दा त ! भन्ने लागेर राखिदिएको ।

    ReplyDelete