Friday, 2 October 2009

गजल

जति फुकायो उति गाँठो ,कसियो लौ हेर ।
उत्रिनु को सक्यो मायामा ,फसियो लौ हेर ।

आउँछन् सान्त्वना मुठी ,दुई बाँड्नेहरु ।
याचक भएर चोकमा, बसियो लौ हेर ।

जहिले पनि भै रहेर ,मात्र भेटौँ भेटौं ।
जान्न भन्दै उन्कै गल्ली , पसियो लौ हेर ।

आँखामा सपना छैन ,भाग्यमा आबादी ।
गेरु बस्त्र अनि खरानी ,घसियो लौ हेर ।

दिनेशलाई झुक्याए ,भनेर माया हो ।
आफ्नै हातले छुरी ओहो ,धसियो लौ हेर ।

3 comments:

  1. राम्रो लाग्यो!

    ReplyDelete
  2. साह्रै राम्रो तबरले बगाउनु भयो है शब्दहरु।
    आँखामा सपना छैन ,भाग्यमा आबादी ।
    गेरु बस्त्र अनि खरानी ,घसियो लौ हेर
    केही त हुनु पर्यौ नै आफू संग । केही नै नभए के गर्ने त हैन। खरानी धस्नु नै उत्तम हुने भयो नी। वाह!!!

    ReplyDelete
  3. साँच्चै गेरु बस्त्र अनि खरानी घस्ने नै बनाउँदो रहेछ मायाँले... मज्जाको गज़ल

    ReplyDelete