मनको हाल बताउँछ आँसु ।
बिनासित्ति कहाँ आउँछ आँसु ।
बाध्यता थियो या लाज डर ।
सुस्केरामै जो पचाउँछ आँसु ।
मनमा होला के तिनीहरुको ।
जो लेख्छ आँसु जो गाउँछ आँसु ।
मन हलुङ्गो भएर थाहा भो ।
झरे पछि पो मुस्काउँछ आँसु ।
अहँ तिम्रो दैब हैन दिनेश ।
मान्छे हो र त बगाउँछ आँसु ।
मिठो छ दिनेशजी, यथार्थ लेख्नु भएको छ
ReplyDeleteझन बिझाउछ, थुनेर राख्दा
यद्यपि उ कहाँ खसाउछ आँसु?
"मन हलुङ्गो भएर थाहा भो,
ReplyDeleteझरेपछि पो मुस्काउँछ आँसु ।"
वाह वाह !! मानवीय कोमल पाटो आँसुको भाकालाई राम्ररी छिमल्न नुभएको छ । कतै कतै दर्शनिक कसीको पनि झल्को आउँछ ।
मजा आयो, आँसुको गन्थन पढेर पनि । ;)
दैब हैन दिनेस
ReplyDeleteर त गजल लेख्दै बगाउंछ आंसु।
तपाइका गजल शसक्त हुने गर्छन यो पनि उत्तीकै दमदार छ।
यथार्थ परक गजल | पढ्दै जाँदा भाका तान्न भने मलाई अलिक गाह्रो पर्यो..
ReplyDelete