Saturday 3 October 2009

गजल

मनको हाल बताउँछ आँसु ।
बिनासित्ति कहाँ आउँछ आँसु ।

बाध्यता थियो या लाज डर ।
सुस्केरामै जो पचाउँछ आँसु ।

मनमा होला के तिनीहरुको ।
जो लेख्छ आँसु जो गाउँछ आँसु ।

मन हलुङ्गो भएर थाहा भो ।
झरे पछि पो मुस्काउँछ आँसु ।

अहँ तिम्रो दैब हैन दिनेश ।
मान्छे हो र त बगाउँछ आँसु ।

4 comments:

  1. मिठो छ दिनेशजी, यथार्थ लेख्नु भएको छ

    झन बिझाउछ, थुनेर राख्दा
    यद्यपि उ कहाँ खसाउछ आँसु?

    ReplyDelete
  2. "मन हलुङ्गो भएर थाहा भो,
    झरेपछि पो मुस्काउँछ आँसु ।"

    वाह वाह !! मानवीय कोमल पाटो आँसुको भाकालाई राम्ररी छिमल्न नुभएको छ । कतै कतै दर्शनिक कसीको पनि झल्को आउँछ ।
    मजा आयो, आँसुको गन्थन पढेर पनि । ;)

    ReplyDelete
  3. दैब हैन दिनेस
    र त गजल लेख्दै बगाउंछ आंसु।

    तपाइका गजल शसक्त हुने गर्छन यो पनि उत्तीकै दमदार छ।

    ReplyDelete
  4. यथार्थ परक गजल | पढ्दै जाँदा भाका तान्न भने मलाई अलिक गाह्रो पर्यो..

    ReplyDelete