Friday 13 November 2009

गजल

कुरा बेग्लै थियो रातको ।
आहा साहारा त्यो हातको ।

जिन्दगि जिन्दगि भो बल्ल ।
तिमि भेटिए पश्चातको ।

न हत्तार न ओत होस ।
तब पो मजा बर्षातको ।

बिना पूजा बिना झारफुक ।
कट्यो दशा साँढे सातको ।

कल्पी यस्तै यस्तै दिनेश ।
बिर्सी देऊ कथा घातको ।

5 comments:

  1. कल्पी यस्तै यस्तै दिनेश ।
    बिर्सी देऊ कथा घातको ।

    दिनेश गजल एकदमै राम्रो लग्यो । खासगरी अन्तमा तपाईले तख्खलुस हाल्नुभाको चाहि सा¥है सटिक र पूर्ण छ है ।

    ReplyDelete
  2. गजब रमाईला लागे यहाँका गजलहरू ! अत्यन्तै थोरै शब्दमा पनि सुन्दर भावनाहरू भरिपूर्ण हिसाबले अभिब्यक्त भएका छन | अघिल्ला दुई गजल र यो समेत निकै गहकिला लागे |

    ReplyDelete
  3. छोटो मिठो । अति सुन्दर !!

    ReplyDelete
  4. फेरि एउटा अर्को उत्कृष्ट गजल।

    ReplyDelete
  5. साढे सात र हरेक घात बिर्साउने गरिको त्यो रातको प्रसंग रमाईलो छ

    सुजनजीले भने झैं छोटो मिठो सुन्दर ..छ गज़ल

    ReplyDelete