Monday 23 November 2009

गजल

भोलिको चोट आज ,सहेको राम्रो ।
बीचमा अलि दुरी ,भएको राम्रो ।

सिमाना भन्छ लौन टालन आजै
देखिन्छ कहाँ गाग्रो ,चुहेको राम्रो ।

बाँधेर हात कस्ले भेटायो लक्ष्य ।
नजमी सधैं नदी ,बहेको राम्रो ।

नहोस श्राप कुनै आमाको यस्तो ।
जिउँदै मर्नु भन्दा ,तुहेको राम्रो ।

सम्झेर लेखनाथ दिनेश झस्क्यो ।
फलेको बृक्ष ओहो ! नुहेको राम्रो ।

9 comments:

  1. कुरा बेग्लै थियो वर्षातको hangover अझै गईसकेको छैन । अर्को छुट्टै गजल, छुट्टै पृथकता बोकेको , छुट्टै परिवेशको , पढ्दा छुट्टै मजा आउने!

    ReplyDelete
  2. This comment has been removed by the author.

    ReplyDelete
  3. बाँधेर हात कस्ले भेटायो लक्ष्य ।
    नजमी सधैं नदी,बहेको राम्रो ।

    गज़ल सुन्दर लाग्यो|गहन अर्थ बोकेका हरफहरु लेख्नुभएको छ|

    ReplyDelete
  4. क्या लेख्नु भयो दिनेशजी!! वाह वाह।

    ReplyDelete
  5. गजल निकै राम्रो लाग्यो ।

    ReplyDelete
  6. नहोस श्राप कुनै आमाको यस्तो ।
    जिउँदै मर्नु भन्दा ,तुहेको राम्रो ।

    नेपाली र नेपालीका लागि के-के नै गर्छु भने तर आज आएर थाहा भयो यिनिहरुको चरित्र । यिनीहरु किन जन्मे । गर्भमा नै तुहिएको भए हामीले आज यस्तो दिन त देख्न पर्दैन्थ्यो ।

    दिनेश जी गजल निकै राम्रो लाग्यो । तपाईका गजलहरु मलाई सार्है मनपर्छन । कहिले प्रेमको कुरा हुन्छ भने कहिले यस्तै समसामायिक । म त हप्तैभरि तपाईको ब्लगमा छिरिरहन्छु । गजलमय टाँसोको लागि हजुरलाई धेरै-धेरै धन्यवाद है ।

    ReplyDelete
  7. what a wonderful gazal...

    each n every sher are impressive

    thanks and congrets

    ReplyDelete