Friday 25 December 2009

गजल

हातका रेखामा छेकौं सपनी ।
साथी हो देखौं न देखौं सपनी ।

तिमीले चाहेमा चन्द्र टेकिन्छ ।
नलेखौं कथा हो लेखौं सपनी ।

गाउँमा रहर फुल्यो ढपक्कै ।
मनको तापले सेकौं सपनी ।

समान संसार तिम्रो र मेरो ।
भत्काऊँ पर्खाल टेकौं सपनी ।

देख्नुछ देख्नुछ आजै देख्नुछ ।
होईन एक अनेकौं सपनी ।

3 comments:

  1. देख्नुछ देख्नुछ आजै देख्नुछ ।
    होईन एक अनेकौं सपनी ।

    दिनेश जी, सदाझैँ यसपाला पनि गजलले मन छोयो मेरो । यहाँ सपनाहरु हजारौं देखिन्छन्, पल–पल देखिन्छन्, हरेक रातमा देखिन्छन्, ब्यग्रताको भंगसँगै टुक्रिन्छन् यस्तै अक्सर सपनाहरु !! :(

    गजलमय टाँसोका लागि धन्यावाद ।

    ReplyDelete
  2. वाह क्या जोडदार गज़ल
    यो शेर असाध्यै मन पर्यो

    देख्नुछ देख्नुछ आजै देख्नुछ ।
    होईन एक अनेकौं सपनी ।

    ReplyDelete
  3. दिनेश जी – गजल मा त – तपाई को सफल राज चलेको छ – त्यसैले त – म भन्छु दिनेश राज अब गज़ल राज हुनु भएको छ |
    राम्रो भाव रहेको छ – अलवेज बि पोजिटिभ !

    ReplyDelete