Thursday 7 January 2010

गजल

समुन्द्र सारा तरेर आउँछु ।
समस्या सबै हरेर आउँछु ।

छैन बा ब्यर्थ समय बगेको ।
पढेर केहि परेर आउँछु ।

बैनीको बिहे भाइको पढाइ ।
ब्यबस्था केहि गरेर आउँछु ।

छर्नुछ बाँझो मनमा रहर ।
केहि त शीप चरेर आउँछु ।

बिकेको छैन हारेको होइन ।
गर्बले छाती भरेर आउँछु ।

6 comments:

  1. बिकेको छैन हारेको होइन ।
    गर्बले छाती भरेर आउँछु ।

    बेजोड लाग्यो ।

    ReplyDelete
  2. बेजोड! एक से एक शेरहरुको माझमा यो त झन् बेजोड लाग्यो;
    बिकेको छैन हारेको होइन ।
    गर्बले छाती भरेर आउँछु ।

    ReplyDelete
  3. Mind blowing, पुरापुर शब्द र भावहरुको समायोजन !!

    ReplyDelete
  4. simply loved the way you write.....enjoyed reading a lot and just say 'Wah..'.

    ReplyDelete
  5. एउटा गजल लेखेर फेरी
    आमुल्य मुस्कान छरेर आउछु

    ............derai ramro 6......keep on writing..........

    ReplyDelete
  6. mind blowing..ke bhanne shabda nai rahena...

    ReplyDelete