Sunday 31 January 2010

गजल

गाँसिएका धागा तोडेर के हुन्छ !
जथाभावी बाटा मोडेर के हुन्छ !


समयले भन्थ्यो बिर्सनु पर्ने त ।
यो घाउ हो घाउ गोडेर के हुन्छ !

मिलाउनु काँध छदैछ उसै नि ।
अभिमान अलि छोडेर के हुन्छ !

रहिरह्यो तुक मनमा सधै नै ।
हाँसिहाँसी हात जोडेर के हुन्छ !

पढ्दैछन दिल आजका नजर ।
यो नकाब सयौं ओडे(ढे)र के हुन्छ !

5 comments:

  1. perfect gazal..once again...

    ReplyDelete
  2. पढ्दैछन दिल आजका नजर,
    यो नकाब सयौं ओडेर के हुन्छ !

    यसले चाहि गज़बले प्रभावित बनाएको छ है ...सधै जस्तो जोडदार छ गज़ल

    ReplyDelete
  3. मलाई त यो गजल देशको परिस्थितिमाथि लेखिएको जस्तो लाग्यो | बहुतै सुन्दर !

    ReplyDelete
  4. समयले भन्थ्यो बिर्सनु पर्ने त ।

    यो घाउ हो घाउ गोडेर के हुन्छ !

    घाउ गोडेर के हुन्छ .........वाह वाह वाह

    करोड कै शेर छ है दिनेश जी |||

    ReplyDelete