सानो सानो चोटमा दैब भाक्नुको अर्थ ।
बाँचेर के बुझेकै हो त बाँच्नुको अर्थ ।
आँगनमा दोहोरी बैरी खेल्छन मेरो ।
यही त हो आँखामा आँशु नाँच्नुको अर्थ
लुछाचुडी गर्छन सबै छानोमा हाम्रो ।
बुझे होला शिरैमा जून हाँस्नुको अर्थ ।
रङ्गहरु नभाको खोज्छु सुन्दर फूल ।
हो हो यही घरको भित्ता ताछ्नुको अर्थ ।
हो हो यही घरको भित्ता ताछ्नुको अर्थ ।
गजलमा दिनेश कति भेटिन्छ सुख ।
खुशिनै हो छातिमा हात राख्नुको अर्थ ।
भावगत र वैचारिक तहमा गजल पक्की भए पनि शब्द संयोजनमा उबडखाबड भएर हो कि के हो, अलि सम्प्रेषणमा कठिनाई लाग्यो मेरो पाठकलाई । तर गजलको सौन्दर्य पूर्ववत् यहाँको गजलमा पाईन्छ ।
ReplyDelete