Thursday 25 February 2010

गजल

सानो सानो चोटमा दैब भाक्नुको अर्थ ।

बाँचेर के बुझेकै हो त बाँच्नुको अर्थ ।


आँगनमा दोहोरी बैरी खेल्छन मेरो ।

यही त हो आँखामा आँशु नाँच्नुको अर्थ


लुछाचुडी गर्छन सबै छानोमा हाम्रो ।
बुझे होला शिरैमा जून हाँस्नुको अर्थ ।

रङ्गहरु नभाको खोज्छु सुन्दर फूल ।
हो हो यही घरको भित्ता ताछ्नुको अर्थ

गजलमा दिनेश कति भेटिन्छ सुख ।
खुशिनै हो छातिमा हात राख्नुको अर्थ ।

1 comment:

  1. भावगत र वैचारिक तहमा गजल पक्की भए पनि शब्द संयोजनमा उबडखाबड भएर हो कि के हो, अलि सम्प्रेषणमा कठिनाई लाग्यो मेरो पाठकलाई । तर गजलको सौन्दर्य पूर्ववत् यहाँको गजलमा पाईन्छ ।

    ReplyDelete