Saturday 27 February 2010

गजल

हर तीर मुटु माझ रोपेर पिइरहें ।
माया सम्झी दुख काँध बोकेर पिइरहें ।

दोबाटोमा पुगेपछि देखिन्छ माया के हो !
बढ्नखोज्ने मेरा पाउ रोकेर पिइरहें ।

डराउनु लजाउनु कसको लागि अब ।
बीच बाटो हेर छाती ठोकेर पिइरहें ।

बढ्छु अघि तेर्सिन्छन हजार बाधाहरु ।
हात अनि हस्तरेखा जोखेर पिइरहें ।

एकैनास कहाँ हुन्छ दिनेश बुझी राखे ।
कतै खुले कतै अलि छोपेर पिइरहें ।

2 comments:

  1. "हर तिर मुटु माझ रोपेर पिइरहें ।
    माया सम्झी दुख काँध बोकेर पिइरहें । "

    दिनेश जी - साच्ची कै आफ्नै व्यथा हो यो - यदि हो भने त अलि तपाइँ पिडित नै हुनु भएको रहेछ !
    तर सिर्जना को कुरा गर्ने हो भने ....त मैले भनि रहनु नै पर्दैन ... तपाई को गजल आफै बोलेको छ नि ...

    ReplyDelete
  2. गजल घतलाग्दो छ, निकै गम्भीर भावनाहरु सहजतापुर्बक प्रस्तुत गर्नुभएको छ यहाँले |

    ReplyDelete