Thursday 11 March 2010

गजल

त्यस्का बाको छाती सधैं दुख्छ राति ।
यति साह्रो याद नआएकै जाति ।

सबै हुँदा एक्लो , एकान्तमा खुशि ।
ऐना हेर्दै हाँस्नु , खेल आत्म घाति ।

कसै सँग हिंडी, कसै सँग मस्की ।
चौतारीका कुरा , शंका नाना भाँति ।

भोक निन्द्रा गयो ,छैन होश पनि ।
लौन बुटी देऊ, लाग्यो साँढे साति ।

अघि परे पछि ,सुक्छ ओठ मुख ।
कैले सम्म आम्मै , राख्ने कुरा थाँति ।

6 comments:

  1. सबै हुँदा एक्लो , एकान्तमा खुशि ।
    ऐना हेर्दै हाँस्नु , खेल आत्म घाति ।
    बडो मार्मिक लाग्यो |बडो मार्मिक लाग्यो | शुरुमा 'तेस्का बाको छाती' पढेर त डर पनि लाग्यो है, के भएछ दिनेशजीलाई भनेर!

    ReplyDelete
  2. हाहाहा चैतन्य जी तपाईंहरुको मायाले केहि भएको छैन है । मलाई केटाकेटीमा गोठाला जाँदा अर्काको बारीमा गाई बाख्रा छिर्दा यसरी सरापेको याद छ चैतन्य जी , अनि मेरो मनमा त्यो शब्द सजिलै छिर्न सकिने एउटा ठाउँ भएकोले मैले मेरो मनलाई नै त्यसरी भनेको हूँ ।

    ReplyDelete
  3. वाह ! क्या मस्त गजल लेख्नु भयो यार....

    माया गर्ने मात्र होइन आँट पनि गरौँ साथि
    ढिलो गरे पिलो आउला कुरा राखौं आजै राति

    मैले पनि हान्दिएँ है...

    ReplyDelete
  4. हा हा हा । मिलन व्रो कडा कमेण्ट गयो है । दिनेश दाईको गजलको त कुरै गरी साध्ये छैन । सुरूमा त मलाई नि डर लागेकै हो । पछि पछि ठीक हुँदै गएँ । उत्कृष्ट गजल ।

    ReplyDelete
  5. साच्चै भन्नु पर्दा तपाईले मेरो वानीनै बिगार्नु भएछ। सबै गजलहरु फेसबुकमा नै पठ्ने र उतै रमाउने हुनाले यता ननिस्किएको पनि निकै भएछ है , दिनेश जी। माफ गर्नु होला।
    बेजोड गजलकार हुनु हुन्छ तपाई यसको कुनै तुलनै छैन।

    ReplyDelete
  6. तपाईं र तपाईंका पाठकहरुलाई नयाँ साल २०६७ को हार्दिक शुभकामना ! सदा झैँ यो बर्ष पनि मेरो ब्लगमा तपाइंलाई स्वागत छ है!

    ReplyDelete