त्यस्का बाको छाती सधैं दुख्छ राति ।
यति साह्रो याद नआएकै जाति ।
सबै हुँदा एक्लो , एकान्तमा खुशि ।
ऐना हेर्दै हाँस्नु , खेल आत्म घाति ।
कसै सँग हिंडी, कसै सँग मस्की ।
चौतारीका कुरा , शंका नाना भाँति ।
भोक निन्द्रा गयो ,छैन होश पनि ।
लौन बुटी देऊ, लाग्यो साँढे साति ।
अघि परे पछि ,सुक्छ ओठ मुख ।
कैले सम्म आम्मै , राख्ने कुरा थाँति ।
सबै हुँदा एक्लो , एकान्तमा खुशि ।
ReplyDeleteऐना हेर्दै हाँस्नु , खेल आत्म घाति ।
बडो मार्मिक लाग्यो |बडो मार्मिक लाग्यो | शुरुमा 'तेस्का बाको छाती' पढेर त डर पनि लाग्यो है, के भएछ दिनेशजीलाई भनेर!
हाहाहा चैतन्य जी तपाईंहरुको मायाले केहि भएको छैन है । मलाई केटाकेटीमा गोठाला जाँदा अर्काको बारीमा गाई बाख्रा छिर्दा यसरी सरापेको याद छ चैतन्य जी , अनि मेरो मनमा त्यो शब्द सजिलै छिर्न सकिने एउटा ठाउँ भएकोले मैले मेरो मनलाई नै त्यसरी भनेको हूँ ।
ReplyDeleteवाह ! क्या मस्त गजल लेख्नु भयो यार....
ReplyDeleteमाया गर्ने मात्र होइन आँट पनि गरौँ साथि
ढिलो गरे पिलो आउला कुरा राखौं आजै राति
मैले पनि हान्दिएँ है...
हा हा हा । मिलन व्रो कडा कमेण्ट गयो है । दिनेश दाईको गजलको त कुरै गरी साध्ये छैन । सुरूमा त मलाई नि डर लागेकै हो । पछि पछि ठीक हुँदै गएँ । उत्कृष्ट गजल ।
ReplyDeleteसाच्चै भन्नु पर्दा तपाईले मेरो वानीनै बिगार्नु भएछ। सबै गजलहरु फेसबुकमा नै पठ्ने र उतै रमाउने हुनाले यता ननिस्किएको पनि निकै भएछ है , दिनेश जी। माफ गर्नु होला।
ReplyDeleteबेजोड गजलकार हुनु हुन्छ तपाई यसको कुनै तुलनै छैन।
तपाईं र तपाईंका पाठकहरुलाई नयाँ साल २०६७ को हार्दिक शुभकामना ! सदा झैँ यो बर्ष पनि मेरो ब्लगमा तपाइंलाई स्वागत छ है!
ReplyDelete