Friday 9 July 2010

गजल

भलै रातमा निंद पर्या छैन ।

पख हिम्मत अझै मर्या छैन ।


आज बित्ला होला नि त भोलि ।

छाम्छु प्रकृति उल्टो चल्या छैन ।


हुँदै समाज , हरेक मान्छेमा ।

रोग सरुवा कहाँ सर्या छैन ।


हात पाखुरा, हुँदा हुँदै सद्दे ।

सुनी अड्कियो, भाग्य बल्या छैन ।


गरी सोचेको , कहाँ पुग्छ त नि ।

सोच दिनेश के के गर्या छैन ।

4 comments:

  1. निंद नपरे पनि हिम्मत हार्नु नहुने सन्देश निकै मीठो लाग्यो |

    ReplyDelete
  2. धन्यबाद चैतन्य जी ।

    ReplyDelete
  3. यतै त होला नि है दिनेश जी -
    "आज बित्ला होला नि त भोलि ।
    छाम्छु प्रकृति उल्टो चल्या छैन ।"

    गजलका बारेमा मैले तपाईलाई केहि भन्नु भनेको इन्द्रक अघि स्वर्गका बयान भने झैँ होला ! तर दिनेश जी यो पोस्ट पब्लिश गर्नु पुर्ब हरेक शेर लाइ छुट्याउन अलिकति स्पेस (इन्टर हान्नु )राख्नु भए पढ्न अलिक सजिलो हुने थियो कि ! अनि कमेन्ट गर्न को लागि तपाइको ब्लग को अलिकति सेटिंग मिलाउनु पर्ने देखिन्छ ! है !
    धन्यबाद सुन्दर गजलको लागि !

    ReplyDelete
  4. बेदनाथ जी , धन्यबाद लौन यसो आइडिया पाऊँ । यो फिल्डमा अलिकति आलोकाँचै परेर ।स्पेस राख्छु है त ।

    ReplyDelete