Sunday 3 April 2011

गजल

घडी धेरै घुम्यो , बिबाद त्यै बुँदाको होला ।

उस्ले ताम्रपत्र , मैले छाती छुँदाको होला ।


साथीले चिठ्ठीमा , लेख्यो मुस्कान मीठो तेरो ।

यार त्यो तस्वीर ,म गाउँमा हुँदाको होला ।

,

ओहो यो सुस्केरा ,बिलायो खै कता यो निंद ।

पक्कै यो छट्पटी, उता आमा रुँदाको होला ।


मेटिन्न दिनेश ,बस्नुछ यस्लाई तैं सँग ।

दाग सिरानीको , तैंले त्यो मन धुँदाको होला ।

3 comments:

  1. wa... bahut sundar gazal.

    ReplyDelete
  2. nice gajal!
    Dinesh , malai ta thahai po thiyena yeta yati ramro jhupadee tayar bhayeko rahechha man chhu ne shera maile copy paste gare hai --साथीले चिठ्ठीमा , लेख्यो मुस्कान मीठो तेरो ।

    यार त्यो तस्वीर ,म गाउँमा हुँदाको होला ।

    ho ni yo bideshle hamro anuharko muskan lai ni phika banayeko chha


    ओहो यो सुस्केरा ,बिलायो खै कता यो निंद ।

    पक्कै यो छट्पटी, उता आमा रुँदाको होला ।
    touching!!

    ReplyDelete
  3. पहिले धेरै पल्ट पढिसकेको तर नबोलेको, यो गजल मैले पढेका समकालिन नेपाली गजलहरु मध्येकै अब्बल! कुनै यस्ता शेर छैनन् जुन एक भन्दा अर्को कमजोर महसुस होस् ।

    ReplyDelete