Saturday 30 April 2011

गजल

बाद कतै नयाँ कतै पुराना चाहियो ।।
उँधो बग्नलाई के को बहाना चाहियो 

लेखिएको थियो दया माया धर्म दान ॥
मेरो पुराणमा च्यातेको पाना चाहियो ॥॥

भातमा केही मान्छेहरु बिकेकाछन् रे ।
आदर्श छोड्देऊ स्वादिष्ट खाना चाहियो ।

आज मान्छेहरु तर्सेका छन् आफैसँग ।
त्यसैले भन्दाहुन नयाँ जमाना चाहियो ।

काखमा आमाको हुँदा सम्झन्छ दिनेश ।
घर बलियो हुन बलियो छाना चाहियो ।

2 comments:

  1. भातमा केही मान्छेहरु बिकेकाछन् रे ।
    आदर्श छोड्देऊ स्वादिष्ट खाना चाहियो ।
    गजब!

    ReplyDelete
  2. दाम्मी छ ल ....
    बाद कतै नयाँ कतै पुराना चाहियो ।
    उँधो बग्नलाई के को बहाना चाहियो ।।

    ReplyDelete