Friday 6 May 2011

गजल

मीठो मुस्कान सँगै ढाडमा हुलाकीको धाप आयो ।
चिठ्ठी हातमा आयो मुखमा बाफ रे बाफ आयो ।

एक जमाना भयो दुश्मनी भएको भाग्य सँग ।
बुझ्छु म पनि तिम्रो नाममा कस्को जवाफ आयो ।

धर्म समाज पाप समय बाध्यता रीतिथिति ।
प्रश्न एउटा थियो उत्तर यसरी लाख आयो ।।

याद आउँछ जब लाहुरे छोरा आकाश हेर्दै ।
मेरी आमा भन्छिन आयो हवाइजहाज आयो ।

3 comments:

  1. धर्म समाज पाप समय बाध्यता रीतिथिति ।
    प्रश्न एउटा थियो उत्तर यसरी लाख आयो ।।

    तपाइको गज़लका मिठासहरुमा नरमेको पनि जुग भयो जस्तो लाग्न थाल्यो प्रिय गज़लकार ।

    ReplyDelete
  2. याद आउँछ जब लाहुरे छोरा आकाश हेर्दै ।
    मेरी आमा भन्छिन आयो हवाइजहाज आयो ।

    ReplyDelete
  3. मतला र मकता शेरलाई वाह! वाह!

    ReplyDelete