Sunday 9 October 2011

गजल

न आबेगमा थिएँ न त रिसमा थिएँ

आफ्नै मुद्दा आफैं न्यायाधिशमा थिएँ


डायरी अनि दैनिकीले यही भने

धेरै चोटी सुध्रिने कोशिसमा थिएँ


खोज्न आएथे रे घाम चर्किएपछि

म शीत जीबित झिसमिसमा थिएँ


म पानी यसरी अब पानी रहिन

थोरै अमृतमा थोरै बिषमा थिएँ


मेरो पागलपनले , थर्काउँछ मलाई

तँ को होस् म हुँ जो हर मानिसमा थिएँ

5 comments:

  1. gajal dherai ramro lagyo

    ReplyDelete
  2. ब्लग तिर हराउनु भा हो र दिनेश सर। लौ है निरन्तर पढ्न पाईयोस यता तिर पनि

    ReplyDelete
  3. कता हराउनुभयो आजकाल ?

    ReplyDelete
  4. हराको छैन अब आउँछु है यता तिर पनि निरन्तर ।

    ReplyDelete