Monday 2 April 2012

गजल

उही नाटक बारम्बार भएको छ ।

दर्शक माथि अत्याचार भएको छ ।


छैन भेटेको नविनता गजलमा ।

सेर पुरानै यी साभार भएको छ ।


मुटु धड्किन बन्द भयो आजबाट ।

हालत केही त सुधार भएको छ ।


सत्रौं शताब्दी फर्किएर जानुहोला ।

नयाँ नेपाल आबिष्कार भएको छ ।

No comments:

Post a Comment