Monday 2 April 2012

गजल

देखिएकै होलान यी फेर बदल मेरा ।
उन्को एक बोली र सय गजल मेरा ।

फर्किएर पूराना तस्वीर पल्टाउँछु ,
ओहो निकै रैछन साथी असल मेरा ।

बालुवा बोक्ने ज्यामी बालुवामै पुरिएथ्यो ।
साह्रो दुखले ठडिएका हुन् महल मेरा ।

महँगाई आकाश छुन्छ त के गरूँ मैले ।
म बदलिन्न उही चहल पहल मेरा ।

1 comment:

  1. गजल------दिनेश राज ज्ञवाली, जापान

    मेरो आफ्नै आकाश हुनुपर्छ आजबाट ।
    केही कुरा त खास हुनुपर्छ आजबाट ।
    http://www.brtnepal.com/literatures.php?pid=469

    ReplyDelete