Sunday 10 March 2013

गजल


दुश्मनहरुसँग संगत कम छ ।
त्यसैले बाँच्ने हिम्मत कम छ ।

सब दरिद्रहरु राजनीतिमा जाऊ ।
व्यवसाय हो लागत  कम छ ।

सुन्छु समाचार अनि शब्दकोश हेर्छु ।
आज सहभागिता बृहत कम छ ।

चारजनाको भेलाले निर्णय गर्छ ।
सहमती हुन्छ सहमत कम छ ।

हरेक वर्षाले मुटु हल्लाउँछ मेरो ।
समस्या घर छोप्ने छत कम छ ।

दिनेशलाई बहरमा लेख्नेहरु भन्छन।
गजल ठीक छ यस्मा इज्जत कम छ ।

1 comment:

  1. गजलले वर्तमान विकृतिप्रति व्यङ्ग्य गरेको छ ।

    ReplyDelete