Tuesday 24 June 2014

गजल

मैले आमालाई माया गर्छु भन्नू झुट्टा हुन्छ ।
बेचिनु पर्ने रुमालमा नै फूल बुट्टा हुन्छ ।

साँचो छोराछोरी त्यो स्वर्गमा बस्छन यार ।
जहाँ शीर झुक्दा सदा आमाको खुट्टा हुन्छ ।

भर्खरै आयो ऊ आमालाई बृध्दाश्रम छोडेर ।
नयाँ जमानामा शीर भएको मुर्कुट्टा हुन्छ ।


No comments:

Post a Comment