Friday 18 July 2014

गजल

टाढैबसी हात हल्लायो र गयो ।
जसोगरी जवानी आयो र गयो ।

परदेशबाट आएको परदेशी ।
नछुटिने कसम खायो र गयो ।

प्यासीहरु पानीको आसमा रहे ।
कुवा खन्नेले पैसा बगायो र गयो ।

गजलले के गर्ला ?एक शेरले त ।
मलाई निन्द्राबाट उठायो र गयो ।

No comments:

Post a Comment