Saturday 9 August 2014

गजल

नदी कहिले चैं आफ्नो इच्छाले बगेको छ ?
ओरालो जता जता  उतै बग्नु परेको छ ।

बन्द नहोस ,जुलुश नहोश दैब कतै ।
त्यो बाटो हुँदै भर्खर यो मन गएको छ ।

फ्याँकेर आउन यी खाली बोतलहरु यार ।
लागोस भर्खर त पिउन शुरु भएको छ ।


खाली उल्टो सोच्छ दिनेश सधैंभरि ताकी ।
दुनियाँलाई लागोस अलिकति पढेको छ ।

2 comments:

  1. फुर्ती नलगा दिनेश धेरै, मै जान्ने भनेर
    शेयर बटन थप्,शेयर गर्न गार्हो परेको छ ।

    ReplyDelete
    Replies
    1. चोरी हुने डरले शेयर बटन नराखेका होलान, दिनेश दाजुले

      Delete