Tuesday 2 June 2009

गजल

भन्यौ, सुनें, बुझेँ तर, गर्न गाह्रो हुन्छ हजुर ।
जिन्दगीलाई लाको माया, मर्न गाह्रो हुन्छ हजुर ।

अरूले राम्रो न मलाई न तिमीलाई भन्छन ।
आफ्नै आँखाबाट चाहिँ, झर्न गाह्रो हुन्छ हजुर ।

जिन्दगी खहरे हो भेल आउँछ दुखको सधैं ।
सबैलाई आफ्नो मात्र, तर्न गाह्रो हुन्छ हजुर ।

समयमै सोचिहाल माया बस्नु अगाडि नै ।
घाउ न हो लागेपछि, भर्न गाह्रो हुन्छ हजुर ।

खुब चाहिन्छ मलजल रेखदेख स्याहार ।
बीउ छरिदैंमा माया, सर्न गाह्रो हुन्छ हजुर ।

दोबाटो मन्छ या बुटी लगाऊ किनेर महंगो ।
माया पनि दशा नै हो, टर्न गाह्रो हुन्छ हजुर ।

10 comments:

  1. "अरूले राम्रो न मलाई न तिमीलाई भन्छन ।
    आफ्नै आँखाबाट चाहिँ, झर्न गाह्रो हुन्छ हजुर ।"

    मलाई सबैभन्दा मन परेको अंश। राम्रै थियो। normal खाले पार्टीमा हल्का मुडमा आएर सबैलाई सुनाउने खालको।

    ReplyDelete
  2. खुब चाहिन्छ मलजल रेखदेख स्याहार ।
    बीउ छरिदैंमा माया, सर्न गाह्रो हुन्छ हजुर
    yo line sarai ramro lagyo. nurturing and continuing realtionship requires lot of maljal. Sarai chitta bujyo

    ReplyDelete
  3. ramro chha tapaiko gajal majja le bageko chha

    ReplyDelete
  4. तपाईंको यो गजल पनि गजबको रहेछ। तपाईंको गजलले मननै छोयो। तपाईंकै हरप एक पटक फेरी है।।।
    समयमै सोचिहाल माया बस्नु अगाडि नै ।
    घाउ न हो लागेपछि, भर्न गाह्रो हुन्छ हजुर ।

    ReplyDelete
  5. जीवन आफैँमा पीडादायक खेल हो भनिन्छ, यसभित्रका अनेक अध्याय झन् गाह्रो नभई कसरी रहलान् र ? यी धेरै गाह्रोसाह्रोभित्रका केही खाकालाई एउटै गजलमा सँगालेको गेयता र भावपक्ष दुवैका हिसाबले निकै रोमाञ्चक छन् । अक्सर हाम्रो नेपाली गजल पढ्दामतलापछिका सेर भाव र अन्य सुन्दरताका हकमा पातलिँदै र खोक्रिँदै गएको अवस्था झेल्नुपर्ने मक्तामा पुग्दा त केही पनि बाँकी नरहला जस्तो ! तपाईँका लाइन बने एकसेएक लागे । यो गुण कायम राख्‍न सक्नुहोस् ।

    मलाई ज्यादा 'गाह्रो' लागेको मीठो सेर चाहिँ-
    "खुब चाहिन्छ मलजल रेखदेख स्याहार ,
    बीउ छरिँदैमा माया, सर्न गाह्रो हुन्छ हजुर !"

    ReplyDelete
  6. दिनेश राजजी संगको पहिलो भेट होला शायद | तपाइंको साहित्य यात्राको यो सुस्केरा मलाई साँचिकै सुस्केरा कै अनुभव दिने खालको रह्यो | सबैले प्रेम बुझेदिने भए र सांचिकै प्रेममय प्रेम गरेर अघि बढिदिने भए यो सुस्केराले साहित्यको शृंगार रुप धारण गर्थ्यो होला जस्तो लाग्छ |

    शायद यहीं पृथकतामा बचेको भाग नै त असली जिन्दगी होला दिनेश जी !
    लेख्दै जानुहोस | रामो छ |

    ReplyDelete
  7. सम्पूर्ण नव तथा पुराना साथीहरुलाई यस ब्लगमा स्वागत छ ।तपाईंहरुको अमूल्य सल्लाह सुझावको लागि धन्यबाद र सधैं आशामा छु ।

    ReplyDelete
  8. धन्यवाद ,प्रबिण जी

    ReplyDelete