Thursday 27 August 2009

गजल

बिहे को प्रसंगमा केहि पक्ष हरुको भाव समेटि हेरेको
दुलाहा-
पोहोर साल र यो सालमा अन्तर आयो ।
निम्तामा तिम्रो नामसँग मेरो थर आयो ।

दुलही-
जन्मेदेखि खेल्दै भत्काएको आँगन पिँढी ।
बढार्ने आँगन अर्कै, पोत्ने अर्कै घर आयो ।

बिछोडिएको प्रेमि -प्रेमिका -
जस्को आसमा बसे यो मोड सम्म कुरी।
लौ सुन उनको साटो यो कस्तो खबर आयो ।

आफन्त-
केहि आफ्ना थपिए ,केहि दुरी नजिक भो ।
केहि आड भरोसा ,केहि चिन्ता डर आयो ।

परिवार -
जन्मी, हुर्की ,बढी ,देखी, साँची बल्ल बल्ल
एउटा आँसु एउटा खुशिको प्रहर आयो ।

11 comments:

  1. बिभिन्न धारमा कोरेको गजल राम्रो छ दिनेश जी

    जन्मेदेखि खेल्दै भत्काएको आँगन पिँढी
    बढार्ने आँगन अर्कै, पोत्ने अर्कै घर आयो

    यो वजनदार लाग्यो मलाई ।

    ReplyDelete
  2. गजल निकै राम्रो लाग्यो । विविध परिस्थितिहरुको संयोजन छ । गजलमय टाँसोका लागि धन्यवाद ।

    ReplyDelete
  3. फेरी अर्को सानदार गजल !!साहैं सटिक र मिठासपुर्ण !

    ReplyDelete
  4. कति मिठो गज़लको यो दोहोरी
    केही नयाँ प्रयोग जस्तो --
    प्रत्येक सेरहरू पृथक अर्थयुक्त र वजनदार छन ।

    ReplyDelete
  5. नौलो प्रयोग लाग्यो मलाई यो । शायद मैले पहिले पढेको थिइनँ होला यस्तो विभिन्न धारमा एउटै गजललाई डोहोर्‍याएको । एकदमै नौलो र रमाईलो लाग्यो ।

    ReplyDelete
  6. हो त निन्तान्ते फरक प्रयोग गर्नु भए जस्तो लाग्यो। जे होस खुब जमेको छ र साथमा वजनदार सेरहरुको संगालो।

    ReplyDelete
  7. This comment has been removed by the author.

    ReplyDelete
  8. दिनेश जि क गजलले मन नलोह्याउने त कुरै भएन । यसपाली पनि शानदार गयो। सुर्य जि ले भनेजस्तै मलाइ पनि यो शेर चाहि वजनदार लाग्यो।
    जन्मेदेखि खेल्दै भत्काएको आँगन पिँढी
    बढार्ने आँगन अर्कै, पोत्ने अर्कै घर आयो

    ReplyDelete
  9. जम्मा जम्मी पाँच शेरमा, प्रेम-धोका, संयोग- वियोग जस्ता जीवनका सबै गहनगम जोडहरु सबै गज्जबसंग अटाएका छन !

    एकदमै रोचक लाग्यो मलाई पनि ।

    ReplyDelete
  10. सबै कुरा समेट्दा समेट्दै चिप्लिन पुगेछ | कुनै शेर बिशेष छोड्ने हो भने गजल समग्रमा पढ्दा मजा आएन ...!

    ReplyDelete
  11. फरक ट्रिक अपनाउनुभएछ, यो पनि एउटा प्रयोग हो । तर मिलन जीले भने जस्तै मलाई पनि यो कुरामा भने बिझ्यो । कुरा खुलाएर-बुझेर बुझ्नुपर्ने रहेछ गजल ।
    राम्रो प्रयासको लागि साधुवाद !

    ReplyDelete