Wednesday 16 September 2009

गजल

पुरानो मतलामा नयाँ सेरहरु ।

कोरा आश्वासन ,छर्क-छर्क फेरि ।
भनन अझैनि ,पर्ख- पर्ख फेरि ।

आँगनमा पुगेर, चिनारी भएन ।
भो अब नभन , फर्क- फर्क फेरि ।

सुनको भाउ भन्दा उनको महँगो ,
अझै दिन छन् ,चर्क- चर्क फेरि ।

हेरौं मनाउन को आउने रैछ ।
नबोली मसँग ,तर्क-तर्क फेरि ।

मुश्किलले फर्केको थिइस् दिनेश
किन डुल्दैछस् , नर्क-नर्क फेरि ।

6 comments:

  1. गजलको बिधामा मन छुने कुरा गर्दा मलाई पनि दिनेश जी, बसन्त जी,धाइबा जी र कृष्ण जी का रचनाहरु एकदमै मन पर्छ ।

    मुश्किलले फर्केको थिइस् दिनेश
    किन डुल्दैछस् , नर्क-नर्क फेरि ।

    वाह!!

    यो गजल पनि धपक्कै बलेको छ । आफै संग जोडनु भएको कती मिठो ।

    ReplyDelete
  2. मलाई पनि एकदमै मनपर्‍यो यो गजल !! छोटो मिठो !!

    ReplyDelete
  3. पुरानो मतलामा नयाँ सेरका प्रयोग रमाईलो लाग्यो । माथीका सबै शेरहरु सुन्दर लागे । मक्ता भने साह्रै नै जोडदार लाग्यो ।

    ReplyDelete
  4. दिनेश जी, धेरै मिठो गज़ल ...

    आँगनमै पुगेर चिनारी भएन
    भो अब नभन , फर्क- फर्क फेरि ...


    एउटा सेर मैले नि थपें
    सजिलो कहाँ छ फर्केर चहार्न?
    पाखा र पखेरो, खर्क-खर्क फेरी ...

    ReplyDelete
  5. सुर्य जी , त्यति राम्रा लेखकहरु को दाँजोमा भो अहिल्यै मलाई नपुर्याउनुस ।मन पराइदिनु भयो त्यतिनै मेरो लागि काफी छ । (तर मनमनै चाही मख्ख परि राछु क्या हेहेहे )गफगाफको मित्र, दिलिप जी धन्यबाद । कृष्ण जी , खर्क चहार्न गार्हो होला तर यहाँ पनि सजिलो कहाँ छ र ? हैन र ?मीठो सेरको लागि धन्यबाद ।

    ReplyDelete
  6. पाँचै वटा शेरहरुलाई मेरो वाह ! वाह !, ज्यादै मनपर्यो ।

    ReplyDelete