Tuesday 22 September 2009

गालिबका २ सेर

त्यसो त मलाई गालिबका हरेक गजल सुन्दर लाग्छन् तर कुनै परिबेश अनि दृश्यले कुनै सेरहरुलाई अझ मजबुत अनि जिबन्त बनाई दिन्छन। आज मलाई पनि केहि सेरहरु आफ्नो तरिकाबाट बुझ्न मन लाग्यो त्यसैले यो कोशिस गरेको , यसको सहि अर्थ मैले लगाएको अर्थनै नहुन पनि सक्छ त्यसैले शुरुमानै भन्छु यी मैले आफ्नो तरिकाबाट अर्थ्याइएका सेरहरु हुन् ।केहि अगाडि दिपक खड्का जीले पनि निदा फाज्लीको एक गजल चिरफार गर्नु भएको थियो त्यहि बाट अलिकति प्रेरित पनि भएको हुनसक्छु ।
हे बस कि हरेक उनके इशारेमें निंशा और ।
करतें हें मोहब्बत तो ,गुजरता हें गुमां और ।
( कहिलेकाहि माया नचाहदा नचाहदै पनि शंका भैदिन्छ ,एक ले अर्कोलाई बिश्वास दिलाउने रहरमा बास्तबिकता बाट अलिकति टाढियो भने , दिन दुई गुना रात चार गुना को दरले बढ्दै जान्छ । माया भएकोले टाढिनु पनि नसक्ने अनि नजिक हुन कोशिस गर्यो सानो कुरामा पनि शंका बढ्दै जाने ,शायद यहि हालत बाट गालिब गुज्रिएका होलान र त लेख्छन । हरेक उनको गराइ बोलाइमा अर्थोक नै पाउँछु ।माया त गरिराछु तर शंका झनझन बढिराखेको छ ।)
या रब ओ ना समझे हें ना समझेगें मेरि बात ।
दे और दिल उनको जो ना दे मुझको जुबाँ और ।
(आँ गर्दा अलंकार बुझ्ने मान्छेहरु दुनियांमा नभएका हैनन् तर कोहि कुरो बुझेर ,बुझ्दैनन कि नबुझी बुझ्दैनन् सम्झाउन लाख शब्दहरु खर्च गरेपनि बुझ्दैनन या भनौं उनीहरुलाई बुझाउन सकिन्न ।अनि थकित हुन्छन सम्झाउन कोशिस गर्नेहरु अनि भन्न बाध्य हुन्छन हे दैब ।यहि स्थिति लाई कति सरलताका साथ लेखेका छन् हे भगवान उस्ले मेरो कुरा नबुझेको छ न बुझ्छ त्यसैले उसलाई बुझ्ने बनाईदेऊ “यहाँ मायाको कुरा भएकोले मनले बुझोस् भन्ने अभिप्राय” मसँग भएका शब्दहरु मैले प्रयोग गरिसकें ,त्यसैले मलाई फेरि सम्झाऊँ न त भन्ने नलागे हुन्थ्यो ।)

3 comments:

  1. शेरले ब्युँझाएका शेरहरु मिठा छन दिनेश जी ।

    विजया दशमीको हार्दिक मंगलमय शुभकामना । यो बडा दशै सँगै तपाइको जीवन सुख शान्ती र सम्बृद्धिले झलमल्ल होस ।

    ReplyDelete
  2. गालिबका सेर अनि भलाकुसारी मिठो लाग्यो ,
    हिन्दी नबुझ्ने भएकोले होला जति गुनगान गाए पनि मलाई गालिब्को भन्दा तपाइकै सेरहरू मिठा लाग्छन ।
    दशैंको शुभकामना !

    ReplyDelete
  3. सुर्य जी धन्यबाद , तपाईंलाई पनि बिजया दशमीको शुभ-कामना । कृष्ण जी , बिजया दशमीको शुभ कामना । मलाई पहिला गालीबको बारेमा पढेपछि गालीबको गजलमा चाख बसेको तर सबै फारसी, उर्दु प्रधान गजल भएकोले , बुझ्न असाध्यै गार्हो अनि शब्दकोशमा अर्थ खोज्दै अथवा अनुबाद भएका गजलहरु पढी हेरेको , मेरो सोचाइको मेरो बुझाइको तह भन्दा पनि उपल्लो तहका गजलहरु छन । त्यो सँग मेरो लेखाइको त कतै तुलना नै हुन सक्दैन ।

    ReplyDelete