Thursday 14 January 2010

गजल

पिडुँला छामी हेर दरिलो छ छैन ।
पर्दैन बाटो सोच्नु सजिलो छ छैन ।

उम्रिन्छ ढालिएका रुखमा पालुवा ।
नसोच माटो अझै मलिलो छ छैन ।

बेदना तिम्रो मेरो फूलमा चढाएँ ।
पुजारी थाली हेर्छ भरिलो छ छैन ।

कलम थुत्ने साब यति त सोच्देऊ ।
बन्दुक बोक्ने हात कलिलो छ छैन ।

दिनेश लेखी पढी बिचार गर्दैछ ।
गजल पिडा बिना गतिलो छ छैन ।

1 comment:

  1. inspirational one... gajal ekdam gatilo chh sir

    ReplyDelete