Friday 3 September 2010

गजल

भनिन मैले केहि खास देऊ !!
मेरो छाती जत्रै आकाश देऊ !!

घर हैन मलाई सक्छौ भने !
मुट्ठी जत्रो ठाउमा बास देऊ !!

आँखा त भन्छन सबै सँग छ !
अब कालो छोप्ने प्रकाश देऊ !!

जलेर खरानी भयो यो घर !!
अब देउ हुरी बतास देऊ !!

झर्ला हात बाँधी आकाशबाट !!
माग्छु गाँस बास कपास देऊ !!

3 comments:

  1. साह्रै सुन्दर शब्दहरु।.. हरेक लाईनहरुले मन छोयो मेरो।

    ReplyDelete
  2. क्या बात !! (भन्छु म )

    ReplyDelete