Monday 2 April 2012

गजल

घरबाट ननिस्कनू खबरदारी आएको छ !!

सडकमा बन्दकर्ताको सवारी आएको छ !!


हाम्रो भेट हुन्छ भन्ने जानकारी आएको छ ।

बाँकी न म पारी जान्छु न ऊ वारी आएको छ ।।


मागी हिजो बटुलेंथे ,दैव रहोस बाँकी थोरै ।

मेरो पनि झोपडिमा त्यो भिखारी आएको छ ।


लुट्नेहरु मोटाउने लुटिने चाहिं दुब्लाउने ।

गाउँमा यो कस्तो अनौठो बिमारी आएको छ ।


यो बिभेद हुनु हुन्न त्यसैले बिद्रोह सही ।

भट्टीमा लड्खडाउँदै तागाधारी आएको छ ।


अब देश फेरिनेछ दिनेश पक्कै फेरिनेछ ।

महँगो गाडी चढेर क्रान्तिकारी आएको छ ।

1 comment: