Thursday 29 October 2009

गजल

चोखो माया बोकी ,आउँछु ।
बाँकि सास रोकी ,आउँछु ।

हराउने है अब हामि ।
घर ताल्चा ठोकी ,आउँछु ।

हेर्न लगाई हात, चिना ।
तिथि गते तोकी ,आउँछु ।

तिम्रो सुख मेरो संसार ।
यहि पाठ घोकी ,आउँछु ।

दिनेशले सोध्दा लाजले ।
भन्यौ ओठ टोकी ,आउँछु ।

8 comments:

  1. दिनेश जी मलाई तपाईका गजलहरु एकदमै राम्रा लाग्छन् । कहा–कहाँ मैसँग मेल खाको जस्तो लाग्छ । अहिले पनि तपाईको ब्लग चियाउँदै पसेको मीठो गजल पढ्न पाइयो । गजलमय टाँसोका लागि हजुरलाई धन्यवाद है ।
    दिनेशले सोध्दा लाजले ।
    भन्यौ ओठ टोकी ,आउँछु ।

    ReplyDelete
  2. छोटा काटका के विधि स्वादिला गजल । सबै सुललित छन् मकता बाहेक ।
    "दिनेशले सोध्दा लाजले" भन्ने ठाउँमा अलि प्रवाह रुमलिएको छ । 'लाज' शब्द त्यहाँनेर आउँदा Down हुन्छ ।

    ReplyDelete
  3. दिनेशजी बहुत राम्रो गजल लेख्नुहुन्छ तपाईं | keep it up.

    ReplyDelete
  4. हैन यस्ता छोटा छोटा त्वरित सेरमा कसरी यस्तो सलल्ल बग्ने गजल लेख्नु हुन्छ हो तपाई !

    अनि घर ताल्चा ठोकी ,आउँछु । भन्दा
    ब्याण्ड बाजा ठोकी आउँछु । राख्दा कसो होला :)
    गजल गर्न नजाने पनि सल्लाह दिएँ है मैले त!

    ReplyDelete
  5. गज्जब! अति सुन्दर!

    ReplyDelete
  6. राजेश जी धन्यबाद , मेरा गजल ले तपाईं को जिवन सँग मेल खाएको मा मलाई खुशी लागेको छ ।धाइबा जी ,मैले लाजले भन्ने शब्दको सट्टा "सर्माइ "भेटे अर्थ मेल खाने त्यो राख्दा कस्तो होला फेरि यसो बिचार गरी सल्लाह मागें है मैले । मणि जी धन्यबाद । हाहाहा दिलिप जी , ब्याण्ड बाजा ठोके पछि त हराउन पाइएन नि ।धन्यबाद बसन्त जी ।

    ReplyDelete
  7. funny, romantic and wonderful... you made my day..night infact

    ReplyDelete