Friday, 25 December 2009
गजल
साथी हो देखौं न देखौं सपनी ।
तिमीले चाहेमा चन्द्र टेकिन्छ ।
नलेखौं कथा हो लेखौं सपनी ।
गाउँमा रहर फुल्यो ढपक्कै ।
मनको तापले सेकौं सपनी ।
समान संसार तिम्रो र मेरो ।
भत्काऊँ पर्खाल टेकौं सपनी ।
देख्नुछ देख्नुछ आजै देख्नुछ ।
होईन एक अनेकौं सपनी ।
Wednesday, 16 December 2009
गजल
बिर्सदैछु आँखा चिम्ली,नसोध है समाचार ।
बिसाएर आएँ भारी ,सुनकोशी तिर पारी ।
बढ्दैछ नि पीर लौन ,एक दुई तीन चार ।
जति नजिक भएँ म ,उति गहिरो गएँ म ।
आफैंलाई बिर्सि सकें ,नसम्झाऊ बारम्बार ।
हुन्छ रे सत्य हजार, बुझ्नेहरु अनुसार ।
मन छैन सफा भने नगर भो यो श्रृंगार ।
भन्थे बाले ए दिनेश ,पहिला आफूनै चिनेस् ।
बग्नु काल बगेपछि ,केको हार के गुहार ।
Sunday, 6 December 2009
गजल
केहि घाउले चेतिन्छ भन्थे कसैले ।
चुप रहेर हेर्दैछु आमा रोएको ।
घाँटी बोल्नेको रेटिन्छ भन्थे कसैले ।
जति सागर घुमेनि हुन्न निसान ।
हिड्या पाइला मेटिन्छ भन्थे कसैले ।
गर अन्याय मैमाथि न्याय नगर ।
सोझो बीचमा चेपिन्छ भन्थे कसैले ।
मागी आधार उसँग,परें भरोसा ।
ढुङ्गे देउता बेचिन्छ भन्थे कसैले ।
Wednesday, 2 December 2009
गजल
बुझेरै अझै फेरि बुनिरहन्छु कुरा म ।
सुनेर कति खुशी हुदिहोलिन आज त ।
दुनियाँ चाहारेर चुनिरहन्छु कुरा म ।
एकान्त अब कहाँ बाँकि छ र एकान्त ।
सम्झेर हिजोको त्यो गुनिरहन्छु कुरा म ।
मुहार टाढा हुँदा साहारा तिम्रो आवाज ।
पोख्दिन मनभित्रै थुनिरहन्छु कुरा म ।
बगेर छेउ टुप्पा भत्किएमा याद गर्नु ।
दिनेश भन्थ्यो सधैं तुनिरहन्छु कुरा म ।
Monday, 23 November 2009
गजल
बीचमा अलि दुरी ,भएको राम्रो ।
सिमाना भन्छ लौन टालन आजै
देखिन्छ कहाँ गाग्रो ,चुहेको राम्रो ।
बाँधेर हात कस्ले भेटायो लक्ष्य ।
नजमी सधैं नदी ,बहेको राम्रो ।
नहोस श्राप कुनै आमाको यस्तो ।
जिउँदै मर्नु भन्दा ,तुहेको राम्रो ।
सम्झेर लेखनाथ दिनेश झस्क्यो ।
फलेको बृक्ष ओहो ! नुहेको राम्रो ।
Friday, 13 November 2009
गजल
आहा साहारा त्यो हातको ।
जिन्दगि जिन्दगि भो बल्ल ।
तिमि भेटिए पश्चातको ।
न हत्तार न ओत होस ।
तब पो मजा बर्षातको ।
बिना पूजा बिना झारफुक ।
कट्यो दशा साँढे सातको ।
कल्पी यस्तै यस्तै दिनेश ।
बिर्सी देऊ कथा घातको ।
Thursday, 29 October 2009
गजल
बाँकि सास रोकी ,आउँछु ।
हराउने है अब हामि ।
घर ताल्चा ठोकी ,आउँछु ।
हेर्न लगाई हात, चिना ।
तिथि गते तोकी ,आउँछु ।
तिम्रो सुख मेरो संसार ।
यहि पाठ घोकी ,आउँछु ।
दिनेशले सोध्दा लाजले ।
भन्यौ ओठ टोकी ,आउँछु ।
Saturday, 3 October 2009
गजल
बिनासित्ति कहाँ आउँछ आँसु ।
बाध्यता थियो या लाज डर ।
सुस्केरामै जो पचाउँछ आँसु ।
मनमा होला के तिनीहरुको ।
जो लेख्छ आँसु जो गाउँछ आँसु ।
मन हलुङ्गो भएर थाहा भो ।
झरे पछि पो मुस्काउँछ आँसु ।
अहँ तिम्रो दैब हैन दिनेश ।
मान्छे हो र त बगाउँछ आँसु ।
Friday, 2 October 2009
गजल
उत्रिनु को सक्यो मायामा ,फसियो लौ हेर ।
आउँछन् सान्त्वना मुठी ,दुई बाँड्नेहरु ।
याचक भएर चोकमा, बसियो लौ हेर ।
जहिले पनि भै रहेर ,मात्र भेटौँ भेटौं ।
जान्न भन्दै उन्कै गल्ली , पसियो लौ हेर ।
आँखामा सपना छैन ,भाग्यमा आबादी ।
गेरु बस्त्र अनि खरानी ,घसियो लौ हेर ।
दिनेशलाई झुक्याए ,भनेर माया हो ।
आफ्नै हातले छुरी ओहो ,धसियो लौ हेर ।
Tuesday, 29 September 2009
गजल
जून भै आउनुहुँदा छातिमा लुकाउँछु हुन्न हजुर ?
कविका मनसँगै हजुर कवितामा आउनुहुँदा ।
भाव सँगै सँगै मनमनै मुस्काउँछु हुन्न हजुर ?
मायाको सागरमा दुखको थोपा पनि पर्नेछैन ।
यति माया दिन्छुकि खुशिले रुवाउँछु हुन्न हजुर ?
फूलझैं आउनु भए शिरमा राख्छु प्रसाद सम्झी।
पत्थर भए एउटा मन्दिर बनाउँछु हुन्न हजुर ?
दिनेशलाई थाहा छ कति बेइमान छ दुनिया ।
जानेका नढाँटी सबै रहस्य बताउँछु हुन्न हजुर?
Tuesday, 22 September 2009
गालिबका २ सेर
हे बस कि हरेक उनके इशारेमें निंशा और ।
करतें हें मोहब्बत तो ,गुजरता हें गुमां और ।
( कहिलेकाहि माया नचाहदा नचाहदै पनि शंका भैदिन्छ ,एक ले अर्कोलाई बिश्वास दिलाउने रहरमा बास्तबिकता बाट अलिकति टाढियो भने , दिन दुई गुना रात चार गुना को दरले बढ्दै जान्छ । माया भएकोले टाढिनु पनि नसक्ने अनि नजिक हुन कोशिस गर्यो सानो कुरामा पनि शंका बढ्दै जाने ,शायद यहि हालत बाट गालिब गुज्रिएका होलान र त लेख्छन । हरेक उनको गराइ बोलाइमा अर्थोक नै पाउँछु ।माया त गरिराछु तर शंका झनझन बढिराखेको छ ।)
या रब ओ ना समझे हें ना समझेगें मेरि बात ।
दे और दिल उनको जो ना दे मुझको जुबाँ और ।
(आँ गर्दा अलंकार बुझ्ने मान्छेहरु दुनियांमा नभएका हैनन् तर कोहि कुरो बुझेर ,बुझ्दैनन कि नबुझी बुझ्दैनन् सम्झाउन लाख शब्दहरु खर्च गरेपनि बुझ्दैनन या भनौं उनीहरुलाई बुझाउन सकिन्न ।अनि थकित हुन्छन सम्झाउन कोशिस गर्नेहरु अनि भन्न बाध्य हुन्छन हे दैब ।यहि स्थिति लाई कति सरलताका साथ लेखेका छन् हे भगवान उस्ले मेरो कुरा नबुझेको छ न बुझ्छ त्यसैले उसलाई बुझ्ने बनाईदेऊ “यहाँ मायाको कुरा भएकोले मनले बुझोस् भन्ने अभिप्राय” मसँग भएका शब्दहरु मैले प्रयोग गरिसकें ,त्यसैले मलाई फेरि सम्झाऊँ न त भन्ने नलागे हुन्थ्यो ।)
Wednesday, 16 September 2009
गजल
कोरा आश्वासन ,छर्क-छर्क फेरि ।
भनन अझैनि ,पर्ख- पर्ख फेरि ।
आँगनमा पुगेर, चिनारी भएन ।
भो अब नभन , फर्क- फर्क फेरि ।
सुनको भाउ भन्दा उनको महँगो ,
अझै दिन छन् ,चर्क- चर्क फेरि ।
हेरौं मनाउन को आउने रैछ ।
नबोली मसँग ,तर्क-तर्क फेरि ।
मुश्किलले फर्केको थिइस् दिनेश
किन डुल्दैछस् , नर्क-नर्क फेरि ।
Sunday, 30 August 2009
गजल
भनन अझै नि ,पर्ख -पर्ख फेरि ।
हिजोकाले जे गरे त्यहि गर ।
जिम्मेवारी त हो ,तर्क-तर्क फेरि
छोडेर सहर के जान्छ मेरो ।
गाई डुलाउँछु ,खर्क -खर्क फेरि।
खेतका आली खोज्दैछन टेका ।
ए हातहरु हो , फर्क -फर्क फेरि ।
खहरे सुक्यो, पसिना समुद्रमा ।
असार साउन ,दर्क-दर्क फेरि ।
Thursday, 27 August 2009
गजल
दुलाहा-
पोहोर साल र यो सालमा अन्तर आयो ।
निम्तामा तिम्रो नामसँग मेरो थर आयो ।
दुलही-
जन्मेदेखि खेल्दै भत्काएको आँगन पिँढी ।
बढार्ने आँगन अर्कै, पोत्ने अर्कै घर आयो ।
बिछोडिएको प्रेमि -प्रेमिका -
जस्को आसमा बसे यो मोड सम्म कुरी।
लौ सुन उनको साटो यो कस्तो खबर आयो ।
आफन्त-
केहि आफ्ना थपिए ,केहि दुरी नजिक भो ।
केहि आड भरोसा ,केहि चिन्ता डर आयो ।
परिवार -
जन्मी, हुर्की ,बढी ,देखी, साँची बल्ल बल्ल
एउटा आँसु एउटा खुशिको प्रहर आयो ।
Thursday, 20 August 2009
गजल
खडा छौ तर शिर निहुरिनु स्वभाविकै हो ।
उल्टो बाटो हिंडेर मुक्ति पाउनेहरु धेरै ।
धर्म ,दैब केहि होइन सब तरिकै हो ।
आउँदा जाँदा भेट हुन्छ नचाहदै पनि ।
मनपो टाढा पर्यो त घर नजिकै हो ।
समाउँदैमा कलम,सबैले कहाँ लेख्छन ।
निभबाट आगो झर्नु पर्छ,कुरा ठिकै हो ।
एउटाले हात कोर्छ एउटाले कोर्छ मुटु ।
दिनेश होईन काँढा भन्दा फूल तिखै हो ।
Thursday, 23 July 2009
गजल
अनि हाँसेर टारियो ।
दुईबित्ते साँधेढुङ्गो ।
यता र उति सारियो ।
सक्नेसँग तैं चुप मैं ।
जित्ने लडाइँ हारियो ।
के को फुर्ति बाँकि अब ।
शिखर फेद खारियो ।
अगुवाले क्या बोले नि ।
हुन्देऊ माया मारियो ।
Thursday, 25 June 2009
गजल
किन होला दैब भाक्नेहरु धेरै ।
छाक टार्न हात पसारेको देखी ।
बाघ मुखे थैली ढाक्नेहरु धेरै ।
माथि खोजी हेरेँ तै तै छकि कोहि ।
काम न काज फलाक्नेहरु धेरै ।
वरिपरि हेर्यो ,गर्यो सोधपुछ ।
बञ्चरोले घुँडा ताक्नेहरु धेरै ।
“दिनेश” पाकेन भात यहाँ अझै ?
बहानामा माड चाख्नेहरु धेरै ।
Friday, 5 June 2009
गजल
के विचार यो ,राम राम लाग्यो मलाई!
नर्क कसरी ,परम् धाम लाग्यो मलाई !
छानो जोड्ने धुनमा समुद्र कटेपछि ।
आफ्ना चाहिन्न ,अरु काम लाग्यो मलाई !
घरको चर्चा दुश्मनको हाँसो हुँदाखेरि ।
आफ्नै नाम यो ,बदनाम लाग्यो मलाई !
आफैं बिकेछु सस्तो चामल खोज्दाखोज्दै ।
आफूभन्दा नि ,प्यारो दाम लाग्यो मलाई !
घर शुन्य भएपछि ,छिमेकिको राम राज्य ।
के मा अंकुश,के मा लगाम लाग्यो मलाई !
धन्य प्रभु आयो चेत अब त सुध्रन्छु ।
समय लागेर ,घैंटामा घाम लाग्यो मलाई !
Tuesday, 2 June 2009
गजल
जिन्दगीलाई लाको माया, मर्न गाह्रो हुन्छ हजुर ।
अरूले राम्रो न मलाई न तिमीलाई भन्छन ।
आफ्नै आँखाबाट चाहिँ, झर्न गाह्रो हुन्छ हजुर ।
जिन्दगी खहरे हो भेल आउँछ दुखको सधैं ।
सबैलाई आफ्नो मात्र, तर्न गाह्रो हुन्छ हजुर ।
समयमै सोचिहाल माया बस्नु अगाडि नै ।
घाउ न हो लागेपछि, भर्न गाह्रो हुन्छ हजुर ।
खुब चाहिन्छ मलजल रेखदेख स्याहार ।
बीउ छरिदैंमा माया, सर्न गाह्रो हुन्छ हजुर ।
दोबाटो मन्छ या बुटी लगाऊ किनेर महंगो ।
माया पनि दशा नै हो, टर्न गाह्रो हुन्छ हजुर ।
Monday, 18 May 2009
गजल
घर छोडी ,कम्ता हण्डर खाइएन आमा ।
छैन काम ,खाने सामल पाइएन आमा।
साहुहरु घरमा ,ताकेता गर्दा हुन् ।
कसरी तिर्नु ,थोरै ऋण लाइएन आमा ।
चुहियो खरको छानो, बुईगल भरी पानी ।
बर्षा लाग्यो, छानो यो साल छाइएन आमा ।
मादलुको ताल सँगै, कम्मर मर्काउँदै।
रोधि प्यारो ,अरु गीत गाइएन आमा ।
फर्कन्छु भोलिनै, झिटिझ्याम्टा कसी।
मर्छु काखमा,अरु धन चाहिएन आमा ।
Sunday, 17 May 2009
गजल
आफ्नो रहर शेरियो , अनि गजल केरियो ।
दोबाटोमा भेट हुने , अन्जान मायालुको
हिड्ने बाटो फेरियो , अनि गजल केरियो ।
आफ्नाहरु भाग्दैथिए ,जलाई मेरो घर ।
चुप तमाशा हेरियो , अनि गजल केरियो ।
आउँछन सुखहरु,भन्थे बाटो खोलिदे ।
काँडे तारले घेरियो ,अनि गजल केरियो ।
झुकाउनु पर्छ शिर ,अघि बढ्ने रहरमा
कहाँ कस्लाई टेरियो , अनि गजल केरियो ।
Saturday, 16 May 2009
गजल
आफ्नो घाउ, आफैले नै सिऊँ क्यारे ।
यो रात कटे ,भोलि त हिजो जस्तै हो ।
मौका सम्झी ,एक गिलास पिऊँ क्यारे ।
लाज लाग्ने नि ! कसैलाई के बताऊँ ।
दर्पण हेरी ,केहि ढाडस लिऊँ क्यारे ।
यो दुनियामा के,कमी छ र आफ्नाको ।
तैपनि लाग्ने , कस्को लागि जिऊँ क्यारे ।
छैनन थाहा छ र पनि यस्तो लाग्छ ।
आउंदै छिन ,यही बसी पर्खिऊँ क्यारे ।
Wednesday, 13 May 2009
गजल
लाग्छ मलाई भुलिदैछ आजभोलि ।
कहिले यस्को हातमा कहिले उस्कोमा ।
चोखो जल बिटुलिदैछ आजभोलि ।
सँगी सँग अर्कैका कुरा हुन्छन रे ।
बिचमा को को हुलिदैछ आजभोलि ।
मनमा के बोझ बढ्यो र त्यस्तो कुन्नी ।
खुब मन्दिर डुलिदैछ आजभोलि ।
Saturday, 25 April 2009
गजल
निर्धा पिसिए बिस्कुन को घुन भन्नु भो ।
आँगन चेपिएर पिंढी मात्र बाँकी रहदा ।
अँगालो हाल्नु भो आफ्नै हुन भन्नु भो ।
हिड्ने पाइलालाई आकाशे सपना बाँडी ।
सलाई कोर्नु भो यही हो जून भन्नु भो ।
निती नियम जलाएर आगोमा सक्नुभो ।
मैले जे बोलें अब त्यही कानुन भन्नु भो ।
बिचार नमिले सत्तोसराप हजार घुर्की
आफ्नैले भए जे सुकै गरुन भन्नु भो ।
Saturday, 11 April 2009
गजल
दुनियाँ देखेपछी बल्ल घर याद आयो ।
जहाँ पनि देखियो बल्दै आगो हुरहुरी ।
घरको मक्किएको काठ ,खर याद आयो ।
उपचार छन नि गर्ने हिम्मत पो छैन ।
ज्युदै मर्ने देखेर जहर याद आयो ।
टुटेपछी हत्केला हात मिलायो कस्ले ?
दुनियाको दुख उठाउने रहर याद आयो ।
एक गाँसको लागी शिर झुकेपछी ।
आमाले खुवाउन गरेको कर याद आयो ।
Wednesday, 1 April 2009
गजल
तिम्रै हो भर भन्दिए हुन्थ्यो नि ।
काट्नेले जतिसुकै कुरा काटुन् ।
मान्दिन डर भन्दिए हुन्थ्यो नि ।
नबोल्ने नसुन्ने दैबलाई अब त ।
इँटा,पत्थर भन्दिए हुन्थ्यो नि ।
मेरो दैलोमा झुक्किएर पाइला पर्दा
यही हो घर भन्दिए हुन्थ्यो नि ।
बाँच्न सार्है गार्हो भो दिनेश हगि ।
लिन्छौ त जहर भन्दिए हुन्थ्यो नि ।
Saturday, 21 March 2009
गजल
भकारिमा मुसा राज छ ,छैनन अन्नका दानाहरु ।
घर छोडे , गाउँ छोडे ,शहर छोडे, देश छोडे ।
कृष्णलाई के थाहा आजभोलि कहाँ छन सुदामाहरु ।
बढेर एउटा बोझ ,बोकेर बिसाउनु छ चिहान ।
कलिलोमै सार्है अमिला , त्यसैले बाँसका तामाहरु ।
खै कस्को भविष्य कसरी उज्वल होला यहाँ ।
ठूला लुट्दै छन देखासिकी गर्दैछन सानाहरु ।
परदेशमा आधिरातको सपनामा रुन्छ दिनेश ।
मझेरिमा भ्यागुत्तो उफ्री ,चुहिन्छन घरका छानाहरु ।
Thursday, 19 March 2009
केहि हाइकुहरु
बगरमा बसेको
पानी सुक्दैन ।
२ सुर्यको मुख
कहिले नि हेर्दैन
रुखको छाँया ।
३ मुटु तोडेर
पर्खाल बनाइछौ
कसरी आऊँ ?
केहि हाइकुहरु
१)खोलाको पानी
निरन्तर बगेर
उँभो लाग्यो र ?
२)आँधी तुफान
घर याद आउँछ
खर छाएको ।
३)सुकेको खोला
सललल बग्दैछ
कमिला तांती ।
Wednesday, 7 January 2009
गजल
हात जोड्ने भेटेपछी देउता बन्छन मान्छेहरु ।
उकालो लागें शत्रु बढे ओरालो लागें आफ्ना घटे ।
हर साँझ आफ्नाकै नाममा दोबाटो मन्छन्छन मान्छेहरु ।
के थाहा भोली समयले कुनकुन रुप देखाउने हो ।
आँसु र रगत मा अब कहाँ तर्सन्छन मान्छेहरु ।
सृष्टी पछी ब्रम्हा खोज्दै भौतारिदै छन यता उता ।
हर एक पत्थर देखाउदै मान्छे भन्छन मान्छेहरु ।
यता हेर्यो आफ्नै उता हेर्यो आफ्नै छन दिनेश ।
सबै तिर तगारा अब कसरी फुत्कन्छन मान्छेहरु ।